Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • राजस्व छलीका मोबाइल र चोरीको गाडीसहित श्रेष्ठ पक्राउ

    राजस्व छलीका मोबाइल र चोरीको गाडीसहित श्रेष्ठ पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 3.2K
    SHARES

    काठमाडौँ । राजस्व छलीका विभिन्न मोबाइल तथा चोरीको गाडीसहित एकजना पक्राउ परेका छन् ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रामेछापको लिखु गाउँपालिका-६ घर भइ काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-७ बस्ने २९ वर्षीय मिलन श्रेष्ठलाई पक्राउ गरेको हो ।



    उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार प्रहरी टोलीले ८० थान मोबाइल र बा१९च ५०९४ नंको सेतो रङ्गको फोर्ड कम्पनीको इको स्पोर्ट गाडीसहित उनले पक्राउ गरिएको छ ।



    काठमाडौँ महानगरपालिका २२ न्यूरोड क्षेत्रमा राजस्व छलीका विभिन्न मोबाइल लुकाइराखेको भन्ने सूचनाका आधारमा उक्त क्षेत्रमा खटिएको विशेष प्रहरी टोलीले उनले सो सामानसहित पक्राउ गरेको हो ।

    पक्राउ परेका व्यक्ति तथा सामान आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार