Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • राजस्व छली गरेर २८ हजार केजीको सुर्ती कारोबार गर्ने चारजना पक्राउ

    राजस्व छली गरेर २८ हजार केजीको सुर्ती कारोबार गर्ने चारजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १९ साउन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राजस्व छली गरी सुर्तीजन्य पदार्थको कारोबार गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौंको बुढानीलकण्ठ बस्ने सिन्धुलीको तीन पाटनका ५६ वर्षीय पोष्टराज,ललितपुर महानगरपालिका ३ बस्ने मोरङ विराटनगर घर भएका ४५ वर्षीय ५३ को सुरेश पोखरेल, काठमाडौंको कुलेश्वर बस्ने सर्लाही घर भएका दिनेश चौधरी र काठमाडौंको सिनामंगल घर भएका अरबिन्द अग्रवाल रहेका छन् ।



    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले २० हजार २ सय केजी कच्चा सुर्ती र आठ हजार केजी तयारी सुर्ती बरामद गरेको हो । उनीहरुले भारतबाट राजस्व छली ल्याएको सुर्तीजन्य कच्चा पदार्थ अरविन्द अग्रवाल र सुरेश पोखरेलले संचालन गरेको न्यू शुभ लक्ष्मी मुर्ती उद्योग र अन्य दुई कार्यालयबाट उक्त सुर्ती अपराध अनुसन्धान कार्यालयले बरामद गरेको हो ।



    उपत्यकाका विभिन्न स्थानमा भण्डारण गरी राखेको भन्ने सुचनाको आधारमा चारै जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार