Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेको बैठकमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने

    एमालेको बैठकमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 720
    SHARES

    काठमाडौं । शनिवारबाट शुरू भएको सत्तारुढ दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज सकिँदैछ ।

    बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।



    ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा आजसम्म चल्ने उक्त बैठकमा दुई हजार ७३ महाधिवेशन परिषद् सदस्यसहित दुई हजार ४५४ जना सहभागी रहेको एमालेले जनाएको छ ।



    शनिवारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । यसपछि महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार