Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा समूहगत छलफल सुरु

    एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा समूहगत छलफल सुरु

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 198
    SHARES

    काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा प्रस्तुत प्रतिवेदनहरुमाथि आज छ वटा समूहमा छलफल सुरु भएको छ ।

    लतिलपुरको गोदावारीस्थित सनराइज हलमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको सांठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।



    बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि पनि एकैसाथ छलफल सुरु भएको छ ।



    शनिवारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

    दुई हजार ४५४ प्रतिनिधि सहभागी बैठकका माध्यमबाट एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे कार्ययोजना बनाउने एमालेले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार