Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिँदै

    एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सकिँदै

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 309
    SHARES

    काठमाडौं । नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ ।

    परिषद्को प्रथम बैठक आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल गर्दै प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिन लागिएको हो ।



    पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो ।



    शनिबार ललितपुरको गोदावरीमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।

    बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४५४ जना प्रतिनिधि सहभागी भएको एमालेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार