Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले महासचिव पोखरेलले भने – देशलाई थप निराशाको बाटोमा जान नदिन गठबन्धन भत्कायौं

    एमाले महासचिव पोखरेलले भने – देशलाई थप निराशाको बाटोमा जान नदिन गठबन्धन भत्कायौं

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 291
    SHARES

    सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा निराशा पैदा हुन नदिन गठबन्धन भत्काइएको बताएका छन्।

    एमाले सुर्खेतको नवौं अधिवेशन उद्घाटन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । महासचिव पोखरेलले कांग्रेससहितको गठबन्धन भत्काएर नयाँ समीकरण बनाउन एमालेले भूमिका खेलेको बताए।



    विगतका गतिविधिबाट जनतामा छाएको राज्यप्रतिको निराशा आशामा बदल्न गठबन्ध भत्काउन आवश्यक ठानिएको महासचिव पोखरेलले बताए। मुलुकलाई थप निराशाको बाटोमा जान नदिन एमालेले गठबन्धन भत्काउनुपर्छ भन्ने मान्यताका आधारमा अडान लिएको उनले बताए।



    महासचिव पोखरेलले भने, ‘अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हदसम्म सकारात्मक अनुभूति गर्नुभयो, एउटा त उहाँले सदैव देशभक्तिपूर्ण आन्दोलनमा होमिएको नेपालको वामपन्थी आन्दोलनबाट आफू अलग हुन्छु कि भन्ने अनुभूति गर्नुभयो ।अर्को कांग्रेससँगको गठबन्धन सुशासनका पक्षमा भएन भन्ने उहाँले अनुभूति गर्नुभयो, प्रचण्डका यी अनुभूतिलाई सकारात्मक ठानेर एमालेले यो समय गठबन्धन भत्काउन उपयुक्त ठान्यो र नयाँ समीकरणका लागि भूमिका खेल्यो।’

    महासचिव पोखरेलले यतिबेला एमालेलाई राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा लैजाने गरी नीति निर्माणमा अघि बढेको बताए। गएको निर्वाचनमा कर्णालीको परिणाम एमालेका लागि सुखद् नरहेको उनले बताए।

    जनताको अभिमतका हिसाबले गएको निर्वाचनमा एमाले कमजोर भने नरहेको उनले बताए। त्यतिबेलाको मतका हिसाबले राष्ट्रिय राजनीतिमा एमाले दोस्रो स्थानमा रहेको उनले बताए।

    उनले नेपालको राजनीतिमा स्वार्थ आधारित मोर्चाबन्दीका कारण जनताको स्पष्ट अभिमत प्रकट हुन नपाएको औंल्याए। अब नेपालको राजनीतिलाई गठबन्धनको माध्यमबाट नभएर नीतिको ध्रुवीकरण वा समान विचार बोक्ने दलबीचको सहकार्यका माध्यमबाट अगाडि बढाउनु जरुरी रहेको उनले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार