Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले महासचिव पोखरेलले भने – सत्ता गठबन्धनकै कारण मुलुक अप्ठ्यारोमा पर्‍यो

    एमाले महासचिव पोखरेलले भने – सत्ता गठबन्धनकै कारण मुलुक अप्ठ्यारोमा पर्‍यो

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 357
    SHARES

    रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन आबद्ध दलहरूकै कारण मुलुक सबै क्षेत्रबाट अप्ठ्यारोमा परेको बताएका छन् ।

    एमाले रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।



    महासचिव पोखरेलले निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको र त्यसपछिका काम पनि त्यसैगरी अन्यौलतामा बितिरहेको बताए ।



    महासचिव पोखरेलले भने,‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ, विकास निर्माणका काम अलपत्र छन् । ऋण दैनानुदिन बढिरहेको छ । जनता गरिबीले छट्पटिएका छन् । युवा विदेश जान बाध्य छन्।’

    एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दाबी गर्दै विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने र देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।

    आन्दोलन संस्थागत गर्ने वेला कांग्रेसले जहिल्यै धोका दिने गरेको उनले आरोप लगाएका छन् ।नेकपा एमालेको नेतृत्व बनेका स्थानीय सरकारले उदाहरणीय काम गर्नुपर्ने महासचिव पोखरेलले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार