Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • धरहराको महत्व नबुझ्नेले आलोचना गर्नु स्वाभाविक हो : शंकर पोखरेल

    धरहराको महत्व नबुझ्नेले आलोचना गर्नु स्वाभाविक हो : शंकर पोखरेल

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 441
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले धरहरा पुनर्निर्माण परियोजनाको महत्व नबुझेकाले त्यसको आलोचना गरेको बताएका छन् ।

    मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै महासचिव पोखरेलले निर्माणकार्य उतिबेलै सम्पन्न भइसकेको बताएका हुन् ।



    काम भने कछुवाको गतिमा जारी रहेको महासचिव शंकर पोखरेलको भनाइ छ।



    महासचिव पोखरेलले भने,’तत्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माणकार्य उतिबेलै सम्पन्न भइसकेको छ। अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको छ । तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ । यो परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो ।’

    अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको धरहराको भने झण्डै तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

    ११ वैशाख २०७८ मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गरेका थिए ।

    धरहरा पुननिर्माणको परियोजनाअन्तर्गत त्यसलाई नयाँ स्वरूपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको महासचिव पोखरेलले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार