Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रचण्डले आत्मालोचना गरेपछि सहकार्य थालेका हौं : शंकर पोखरेल

    प्रचण्डले आत्मालोचना गरेपछि सहकार्य थालेका हौं : शंकर पोखरेल

    अनलाइन नेपाल
  • शनिबार, १० चैत्र २०८०
  • 336
    SHARES

    कास्की । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मलोचना गरेपछि नयाँ समीकरणको सरकार बनाएको बताएका छन् ।

    एमाले कास्की जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । उनले यो कुनै वामपन्थी गठबन्धन नभएको बताए ।



    महासचिव पोखरेलले भने, ‘पुरानो गठबन्धनको आधारमा मुलुकलाई अगाडि बढाउन खोज्ने हो भने भविष्य फस्नेछ भन्ने मान्यताको आधारमा गठबन्धन भत्काउन तयार हुने हो भने हामी सहकार्य गर्न तयार छौं । हामीले कांग्रेसका नेताहरुलाई पनि भनेका थियौं– तपाईंहरु तयार हुनुस्, हामी साथ दिन तयार छौं । हामीले माओवादीलाई पनि भनेका थियौं । कांग्रेस तयार भएन । माओवादी भयो । हामीले प्रचण्डलाई प्रधानमन्त्री बनायौं ।’



    उनले अहिले एउटा विन्दुमा आइपुग्दा प्रचण्डले फेरि महसुस गरेपछि सहकार्य सुरु भएको बताए ।

    महासचिव पोखरेलले अहिले फेरि माओवादीसँग सुरु भएको सहकार्यले मिसन २०८४ लाई सफल बनाउन मद्दत पुग्ने बताए ।

    एमाले समाजवादी मोर्चामा जाने पक्षमा नरहेको पनि महासचिव पोखरेलले प्रष्ट पारे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार