Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एमाले महासचिव पोखरेल सवार गाडी दुर्घटना

    एमाले महासचिव पोखरेल सवार गाडी दुर्घटना

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 771
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको गाडी दुर्घटनामा परेको छ ।

    महासचिव चढेको म १ च ३६९ नम्बरको गाडी शनिबार दिउँसो साढे तीन बजे दैलेखको डुंगेश्वरमा दुर्घटना भएको हो । गाडी पल्टिए पनि मानवीय क्षति हुनबाट जोगिएको छ ।



    दैलेखमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटनका लागि जाँदै गर्दा महासचिव पोखरेल चढेको स्कोरपियो जिप शनिबार दिउँसो दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजारनजिक पल्टिएको प्रहरीले जनाएको छ ।



    गाडीमा पाँच जना सवार रहेको र दुर्घटनामा एमाले कर्णालीकी उपसचिव पद्मा खड्काको हात भाँच्चिएको बताइएको छ । दैलेख प्रहरीका अनुसार गाडी शनिबार नै सडकबाट उठाएर ग्यारेजमा बनाउन लगिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार