Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • चार लाख धरौटी बुझाएर छुटे पूर्वउपराष्ट्रपति पुत्र दीपेश

    चार लाख धरौटी बुझाएर छुटे पूर्वउपराष्ट्रपति पुत्र दीपेश

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 282
    SHARES

    बुटवल । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका दीपेश पुन रिहा भएका छन् ।

    सहकारी ठगी प्रकरणमा अदालतले रिहा गर्न आदेश दिएको एक हप्तापछि पुन ४ लाख धरौटी रकम जम्मा गरेर रिहा भएका हुन्।



    वैशाख ७ गते शुक्रबार रुपन्देही जिल्ला अदालतले थुनछेक बहसपछि ६ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।



    पाँच जना सोही दिन छुटेका थिए । पुन भने आज रकम जम्मा गरेर कारागारबाट निस्किएका हुन् । उनी पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन् ।

    न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले पुनसँग ४ लाख धरौटी माग गरेको थियो ।

    अदालतले गत शुक्रवार अध्यक्ष ओमप्रकाश गुरुङबाहेक अन्यलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

    अध्यक्ष गुरुङ भने भैरहवास्थित कारागारमा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार