Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सहकारी ठगी प्रकरणमा मेरो कुनै सम्बन्ध छैन्, फ्रिमा विज्ञापन भएकोमा खुसी छु : दीपेश पुन

    सहकारी ठगी प्रकरणमा मेरो कुनै सम्बन्ध छैन्, फ्रिमा विज्ञापन भएकोमा खुसी छु : दीपेश पुन

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 966
    SHARES

    काठमाडौं । पोखरास्थित सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा प्रहरीमा जाहेरी परेपछि अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले आफ्नो सो संस्थाका सम्बन्धितहरूसँग कुनै पेसा व्यवसायमा साझेदारी नभएको बताएका छन् ।

    पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा समेत रहेका दीपेशले बुधबार बिहान सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन् । उनले सो ठगी आरोप लागेकोसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरे ।



    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै पुनविरुद्ध पनि जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी परेपछि उनीहरूविरुद्ध अनुसन्धान अघि बढेको छ ।



    उनले लेखेका छन्, ‘जुन सहकारीको बारेमा प्रहरीले सार्वजनिक सूचना आह्वान गरी छानबिन भई अदालतमा मुद्दा चलिरहेको छ, त्यो संस्थाको म न सञ्चालक, न म त्यो संस्थाको व्यवस्थापक, न म त्यो संस्थाको कर्मचारी, न म त्यो संस्थाका सम्बन्धितहरूसँग कुनै पेसा व्यवसायमा साझेदारी । तैपनि सारा धर्ती–आकाश मैले नै हल्लाएको जसरी नाम र फोटो आउँछ। मेरो नाम र फोटो राखेर मेरो फ्रिमा विज्ञापन भएकोमा म खुसी नै छु।

    जुन संस्थाबाट मैले ५० लाख लोन लिएको कसरी देखियो त्यो लोनबारेमा नै मैले सम्बन्धित संस्था र निकायसँग बुझेर यदि लिएको प्रमाणित भएको खण्डमा म तिर्न तयार छु भनेर यो भन्दा अगाडि सार्वजनिक रूपमा क्लिर गरेको छु।’ उनले आफू अनुसन्धानमा सघाउन तयार रहेको पनि बताए ।

    उनले अगाडि लेखेका छन्, बैंक वा सहकारीको ऋणीहरूले ऋण लिएको छ भने त्यो ऋण तिर्ने र यदि नतिरेको खण्डमा उक्त ऋण उठाउन त्यसको आफ्नै प्रक्रिया छ र म त्यो अनुसार ऋणीको रूपमा प्रमाणित भएमा तिर्न तयार नै छु तर जसरी मजस्तै ६/७ ऋणी देखिएको उक्त संस्थामा मलाई नै केन्द्रित गरेर पूरक निवेदनको नाममा निवेदन दिन कसको दबाब, प्रभाव र निर्देशन छ, त्यो पनि म राम्रो जानकार छु।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार