Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सहकारी ठगी प्रकरण : जीबी राईविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

    सहकारी ठगी प्रकरण : जीबी राईविरुद्ध इन्टरपोलबाट ‘रेड नोटिस’ जारी

    अनलाइन नेपाल
  • सोमबार, २१ फाल्गुन २०८०
  • 1.4K
    SHARES

    काठमाडौँ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईविरुद्ध रेड नोटिस जारी भएको छ ।

    सहकारीका बचतकर्ताले जम्मा गरेको रकम हिनामिना गरेको आरोपमा अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘ईन्टरपोल’बाट उनीविरुद्ध रेड नोटिस जारी भएको हो । यसअघि १३ माघमा उनीविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।



    डिफ्युजन नोटिशको आधारमा उनी मलेशियामा ‘लोकेट’ भएका हुन् । मलेशियाबाट पक्राउ गरेर नेपाल ल्याउन नेपाल प्रहरीका नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) ले रेड नोटिस जारी गर्न इन्टरपोल महासचिवालयलाई पत्राचार गरेको थियो ।



    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

    सूर्यदर्शनका पदाधिकारीले बचतकर्ताको १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ हिनामिना गरेको जाहेरीमा उल्लेख छ । उनीहरुलाई सहकारी ऐन अनुसार बिगो बराबरको जरिवाना र ८ देखि १० वर्ष कैद सजायको माग गरिएको छ ।

    सूर्यदर्शनबाट जीबी राई समूहले नक्कली सेयर सदस्य र विभिन्न कम्पनी कडा गरेर पैसा निकालेर अपचलन गरेको प्रहरीले बुझाएको प्रतिवेदनमा उल्लेख छ ।

    यस्तै जीबी राईले सहकारी समस्याग्रस्त भएपछि बाजेको सेकुवाका संचालक चेतन भण्डारी र भेपदेखि मल तस्करमा मुछिएका पवनकुमार साहको कम्पनी चेनी क्यापिटललाई ललितपुरको भैसेपाटीस्थित २३ रोपनी ७ आना जग्गा बिक्री गरेका छन् । जुन जग्गा बचतकर्ताको रकम अपचलन गरी जीबीले खरिद गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार