Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • सहकारी ठगी प्रकरणमा जीबी राईसहित २८ जनासँग १ अर्ब २ करोड बिगो मागदाबी

    सहकारी ठगी प्रकरणमा जीबी राईसहित २८ जनासँग १ अर्ब २ करोड बिगो मागदाबी

    अनलाइन नेपाल
  • आइतबार, २ बैशाख २०८१
  • 570
    SHARES

    रूपन्देही । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनामा प्रकरणमा अनुसन्धान सकेर प्रहरीले प्रतिवेदन बुझाएको छ ।

    इलाका प्रहरी कार्यालय बुटवलले झण्डै २ महिना लगाएर अनुसन्धान गरेपछि आज जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा प्रतिवेदन बुझाएको हो ।



    प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा २८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ।



    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार १ अर्ब २ करोड हिनामिना भएको पाइएपछि सोही अनुसारको बिगो मागदाबी गर्नुपर्ने रायसहित फाइल बुझाइएको हो ।

    प्रतिवेदनमा जीबी (गितेन्द्रबाबु) राईसहित २८ जनालाई प्रतिवादी बनाउनुपर्ने प्रहरीले उल्लेख गरेको छ ।

    पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा तथा सहकारीका कोषाध्यक्ष दिपेश पुन, सुप्रिम सहकारीका अध्यक्ष ओमप्रसाद गुरुङ, दुर्गा चापागाईं, दीपक न्यौपाने, नीता थापामगर, रोशनी गुरुङ, सागर केसीसहित २८ जनालाई प्रतिवादी बनाइएको छ ।

    सहकारीले ठगी गरेको भन्दै १ हजार ८३१ जनाले प्रहरीमा जाहेरी दिएका छन् । प्रतिवादी बनाइएका मध्ये जीबीसहित पाँच जना फरार छन् ।

    सहकारीको रकम हिनामिनामा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई गत चैत २ गते पक्राउ गरी अनुसन्धानका लागि रुपन्देही ल्याइएको थियो । पुनसहित सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र सचिव दुर्गा चापागाईंलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार