Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सहकारी ठगीबारे गृहमन्त्री लामिछानेसँग प्रचण्ड र ओलीले राखे चासो, रवि भन्छन् – कुनै कमजोरी छैन

    सहकारी ठगीबारे गृहमन्त्री लामिछानेसँग प्रचण्ड र ओलीले राखे चासो, रवि भन्छन् – कुनै कमजोरी छैन

    अनलाइन नेपाल
  • बिहिबार, ६ बैशाख २०८१
  • 1.4K
    SHARES

    काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच सहकारी ठगीबारे छलफल भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच बिहीबार अपरान्ह सिंहदरबारमा छलफल भएको हो ।



    बैठकमा सहकारी ठगी प्रकरणमा कांग्रेसले उठाएका प्रश्नहरुबारे गृहमन्त्री लामिछानेसँग दाहाल र ओलीले चासो राखेका थिए ।



    तर लामिछानेले यसबारे आफ्नो कुनै कमजोरी नभएको भन्दै कांग्रेसले राजनीतिक मुद्दा बनाएको धारणा राखे ।

    सहकारी प्रकरणमा संलग्न भएको भन्दै कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानको राजीनामा माग्ने तयारी गरिरहेको छ ।

    प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारी ठगी प्रकरणमा लामिछानेमाथि संसदीय छानविन समिति गठन हुनुपर्ने माग गरिरहेको बेला सरकारले संसद् अधिवेशन अन्त्य गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार