Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सुप्रिम सहकारी ठगी प्रकरण

    पूर्वउपराष्ट्रपति पुनका छोरालाई ४ लाख धरौटीमा छाड्न अदालतको आदेश

    पूर्वउपराष्ट्रपति पुनका छोरालाई ४ लाख धरौटीमा छाड्न अदालतको आदेश

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 336
    SHARES

    काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    न्यायाधीश डा.श्रीप्रकाश उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।



    अदालतले ओमप्रकाश गुरुङलाईपुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश दिएको छ ।



    सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए ।

    उनीहरुमध्ये पुनलाई थुनामा पठाउने र अरु ६ जनालाई धरौटीमा छाड्ने आदेश भएको हो ।

    त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको अदालत स्रोतले बतायो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार