Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • गृहमन्त्रीलाई सहकारी पीडितहरुले सोधे – जीबी राई खोई ? भन्देउ न रवि दाइ !

    गृहमन्त्रीलाई सहकारी पीडितहरुले सोधे – जीबी राई खोई ? भन्देउ न रवि दाइ !

    अनलाइन नेपाल
  • मंगलबार, ४ बैशाख २०८१
  • 321
    SHARES

    बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले सहकारी ठगीमा संलग्न जीबी राईसहितका व्यक्तिहरुलाई पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।

    बुटवल र भैरहवामा रहेका उक्त सहकारीका बचतकर्ताले संस्थाको दुई करोड रुपैयाँ अपचलन गरेको आरोप लागेका गृहमन्त्री रवि लामिछाने र जीबी राईमाथि छानबिनका लागि दबाब दिएका हुन् ।



    प्रदर्शनमा सहभागीहरुले ‘सहकारी ठगलाई राजनीतिक संरक्षण बन्द गर’, ‘जीबी राई खोई ? भन्देउ रवि दाइ’, ‘गृहमन्त्री आफ्नो वचन पूरा गर, जीबी राई पक्राउ गर’, ‘बचत रकम फिर्ता देऊ’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।



    प्रदर्शनमा सहभागी सहकारी पीडितहरुले सुप्रिमका बचतकर्ताको रकम गैरकानुनी हिसाबले गृहमन्त्री लामिछानेको खातामा २ करोड रकम गएको प्रहरी अनुसन्धानबाट पुष्टि भएपनि अनुसन्धान प्रभावित हुने आशंका व्यक्त गरेका छन् ।

    सुप्रिम सहकारीमा भएको ठगीमा अनुसन्धान गरेको प्रहरीले जीबी राई र रवि लामिछानेसहितले प्रक्रिया पूरा नगरी व्यक्तिगत तथा कम्पनीका नाममा ऋण लिएर बचत हिनामिना गरेको निष्कर्ष निकालेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    सहकारीमा १० हजार बढी बचतकर्ताको १ अर्ब ३१ करोड बचत हिनामिना भएको भन्दै गत चैत १ मा प्रहरीमा जाहेरी परेको थियो । १ हजार ८ सय २८ जनाले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

    प्रहरी अनुसन्धानअनुसार सुप्रिम सहकारीबाट मात्रै गोर्खा मिडिया नेटवर्कमा १३ करोड ६ लाख रुपैयाँ सारिएको छ भने लामिछानेले सहकारीबाट गैरकानुनी रूपमा २ करोड रुपैयाँ रकम लिएको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार