Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • गृहमन्त्री लामिछाने र जीबी राईविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी

    गृहमन्त्री लामिछाने र जीबी राईविरुद्ध राज्य व्यवस्था समितिमा उजुरी

    अनलाइन नेपाल
  • बिहिबार, ८ चैत्र २०८०
  • 939
    SHARES

    काठमाडौं । सूर्यदर्शन सहकारीका पीडितहरुले सञ्चालक जीबी राई र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन्।

    सूर्यदर्शन सहकारी सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई ज्ञापन पत्र बुझाउँदै बचत फिर्ताको वातावरण बनाइदिन अनुरोध गरेका हुन् ।



    पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन पनि समितिलाई अनुरोध गरेका छन् । पीडितहरूले सहकारी पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जिबी राईसहित १४ जना अझै फरार रहेका छन् ।



    पीडितहरुले भनेका छन्, ‘कसले किन लुकाई राखेका छन् जिबी राईलाई हामीलाई जबाफ चाहिएको छ, जिबी राईलाई पक्राउ गरी ल्याउँदा कसलाई नाफा नोक्सान हुन्छ त्यसको हिसाब किताब यो राज्य सरकारले गरिदिनु पर्‍यो। हामी कति समय पीडामा बस्ने हो, हाम्रो यो सहकारीको समस्या कहिले समाधान हुन्छ यसको मिति पनि यो राज्य सरकारले तय गरिदिनु पर्‍यो ।’

    उनीहरूले सूर्यदर्शन सहकारीमा समस्या आएयता तीन चार पटक सरकार परिवर्तन भए पनि बचतकर्ताको पीडा २० को १९ नभएको बताएका छन् । उनीहरूले सुशासनको कुरा गर्नेहरूलाई प्रश्न समेत गरेका छन् ।

    सूर्यदर्शन सहकारीमा दुई वर्षयता १८ हजार ७०० जना वचतकर्ताको १ अर्ब ४० करोड रुपैयाँ फिर्ता पाउन बाँकी रहेको भन्दै उनले यसको फिर्ताका लागि पहल गरिदिन आग्रह गरे ।

    ज्ञापनपत्र बुझ्दै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले सरकारले सहकारी पीडितलाई न्याय गर्ने विश्वास व्यक्त गरे । सरकारले पीडितको पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरेका थिए।

    उनले गृहमन्त्री लामिछानेले कुनै समय सहकारी पीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको भन्दै आफैं सरकारमा भएको बेलामा समस्या समाधान गरिदिए राम्रो हुने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार