Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • धरौटी जम्मा गर्न नसकेपछि पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन जेल चलान

    धरौटी जम्मा गर्न नसकेपछि पूर्वउपराष्ट्रपति पुत्र दीपेश पुन जेल चलान

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 642
    SHARES

    काठमाडौं । सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन जेल चलान भएका छन्।

    पुनले आज शुक्रवार ४ लाख धरौटी रकम जम्मा गर्न नसकेपछि भैरहवास्थित जिल्ला कारागार चलान भएका हुन्।



    जिल्ला अदालत रुपन्देहीमा भएको थुनछेक बहसपछि पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रुपन्देही जिल्ला अदालतको थुनछेक आदेशअनुसार दुर्गा चापागाईं पाण्डे, दीपक न्यौपाने, निता थापा मगर र रोशनी गुरुङ धरौटीमा रिहा भएका छन् ।



    न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले ओमप्रकाश गुरुङलाई थुनामा पठाउने, दीपेशलाई ४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त मुद्दामा प्रतिवादी बनाएका २८ जनामध्ये फरार २० जनालाई प्रतिवादी म्याद जारी गरिएको छ ।

    आदेशअनुसार रोशनी गुरुङ र निता थापालाई जनही २ लाख धरौटी, दुर्गा चापागाईँ पाण्डेलाई १८ लाख धरौटी, दीपक न्यौपानेलाई ४ लाख ४५ हजार धरौटी, दीपेश पुनलाई ४ लाख धरौटी, नवीन अछामीलाई १० लाख धरौटी तोकिएको हो ।

    सहकारीका पीडितहरूले करिब १ अर्ब बचत अपचलन गरिएको भन्दै सुप्रिम सहकारी पीडित संघर्ष समिति नै गठन गरेर आन्दोलनमा उत्रिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार