Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपाललाई वेस्टइन्डिजले दियो २१० रनको विशाल लक्ष्य

    नेपाललाई वेस्टइन्डिजले दियो २१० रनको विशाल लक्ष्य

    अनलाइन नेपाल
  • बिहिबार, २० बैशाख २०८१
  • 249
    SHARES

    काठमाडौं । चौथो टी-२० खेलमा नेपाललाई वेष्टइन्डिज एले २१० रनको विशाल लक्ष्य दिएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको हो ।



    पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अघि रहेको छ । शृङ्खला नगुमाउन नेपालले आज जित्नै पर्ने दबाब छ ।



    पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि दोस्रो खेलमा १० रन तथा तेस्रो खेल ७६ रनले गुमाउन पुगेको थियो ।

    नेपालका लागि कुशल भुर्तेलले २ विकेट र प्रतिश जिसीले एक विकेट लिए।

    नेपालले केहि समयपश्चात जवाफि ब्याटिङ गर्दैछ। सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आजको खेल जित्नुपर्ने दबाब छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार