Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • जसपा संसदीय दलको निर्वाचन आज, अशोक र राजकिशोरबीच भिडन्त

    जसपा संसदीय दलको निर्वाचन आज, अशोक र राजकिशोरबीच भिडन्त

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 588
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को संसदीय दलको निर्वाचन आज हुँदैछ ।

    जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार पार्टी विधानअनुसार आज हुने संसदीय दलको निर्वाचनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरिएको हो ।



    जसपाले यसअघि नै नेता मिथिलेशकुमार सिंहको संयोजकत्वमा अर्जुन थापा र दीपेन्द्र झा सदस्य रहेको निर्वाचन समिति गठन गरिसकेको छ।



    जसपा संसदीय दलको नेतामा नेता अशोक राई र राजकिशोर यादवसँगै केही कार्यकारिणी सदस्यले दाबी गर्दै आएका छन्।

    बुधबार बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ताको समय दिइएको छ । संसदीय दलको नेताका लागि आजै दिउँसो साढे दुईदेखि साढे तीन बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार