Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • लुम्बिनी सरकारबाट जसपाका मन्त्री अहिरले दिए राजीनामा

    लुम्बिनी सरकारबाट जसपाका मन्त्री अहिरले दिए राजीनामा

    अनलाइन नेपाल
  • आइतबार, ९ बैशाख २०८१
  • 351
    SHARES

    बुटवल । पूर्वसहमति अनुसार दुई मन्त्रालय नपाएको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारबाट मन्त्री फिर्ता बोलाएको छ ।

    जसपाबाट सरकारमा गएका भण्डारीलाल अहिरले राजीनामा राजीनामा बुझाएका हुन् ।



    जसपालाई मुख्यमन्त्रीले २ जना मन्त्रालय दिने लिखित सहमति उल्लंघन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको जसपाले जनाएको छ ।



    सरकारबाट मन्त्री फिर्ता भए पनि समर्थन भने कायमै रहने जसपाले जनाएको छ।

    माओवादी संसदीय दलका नेता समेत रहेका जोखबहादुर महराले २५ चैतमा ४ सदस्यीय मन्त्रिपरिषद् गठन गर्दा जसपाबाट अहिर पनि मन्त्री बनेका थिए ।

    ६ वैशाखमा मन्त्रिपरिषद् विस्तार गर्दा अहिरले कृषिमन्त्रीको जिम्मेवारी पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार