Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु गर्ने सर्वदलीय बैठकको निर्णय

    इलाम-२ मा मतगणना ११ बजेदेखि सुरु गर्ने सर्वदलीय बैठकको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १६ बैशाख २०८१
  • 387
    SHARES

    इलाम । इलाम-२ मा मतगणना बिहान ११ बजे सुरु गर्ने निर्णय भएको छ । आइतबार बिहान बसेको सर्वदलीय बैठकले ११ बजे मतगणना थाल्ने निर्णय गरेको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले फाकफोकथुम गाउँपालिकाबाट मतगणना सुरु गर्ने जानकारी दिएको छ । त्यसपछि क्रमशः चुलाचुली, माङ्सेबुङ, माई, देउमाई र इलामको मतगणना हुनेछ ।



    सबै मतदान केन्द्रबाट मतपेटिका इलामस्थित गौतम बुद्ध सभा हलमा ल्याइसकिएको छ । हलका दुई स्थानमा मतगणना हुनेछ। मतगणनाको नतिजा इलाम चोक बजारको ‘डिस्प्लेमा समेत देखाउने तयारी गरिएको छ ।



    मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतगणना स्थलमा तारले घेरेर सीसीटीभी जडान गरिएको छ।

    इलाम २ मा शनिबार भएको मतदानमा १ लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६६९ हजार २ सय ८७ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यो भनेको ५९ दशमलव ७९ प्रतिशत मत खसेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार