Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • शिक्षामन्त्री राईले भने – शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं

    शिक्षामन्त्री राईले भने – शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेका छौं

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताएका छन् ।

    प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयकबारे धारणा राख्दै शिक्षामन्त्री राईले यस्तो बताएका हुन् ।



    शिक्षामन्त्री राईले शिक्षकको पेशागत हकहितका लागि संगठित हुन शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको तर कुनै दलमा आवद्ध हुन नपाउने बताए ।



    शिक्षामन्त्री राईले भने,‘शिक्षकलाई राजनीतिबाट टाढा राख्नुपर्छ । मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ । आस्थाका कारण पठन पाठनलाई प्रभावित पार्नुहुँदैन, शिक्षाको गुणस्तरलाई प्रभाव पार्नुहुदैन । उहाँहरुले कसैको सदस्यता लिएर, कसैका विरुद्ध, कसैका लागि भोट माग्ने काम गर्न हुँदैन भन्ने राखिएको छ।’

    शिक्षामा योग्य व्यक्तिलाई ल्याउन राम्रो सेवा सुविधा दिनुप¥यो भन्ने विषयमा पनि संसदीय प्रक्रियामा विधेयकमा समावेश गर्न सकिने शिक्षामन्त्री राईले बताए ।

    विधेयकमा मातृभाषामा शिक्षा प्राप्त गर्ने, परम्परागत शिक्षालाई व्यवस्थित गर्ने लगायतका विषय पनि रहेको शिक्षामन्त्री राईले बताए । विद्यालय शिक्षा विधेयक आइतबार प्रतिनिधिसभामा दर्ता भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार