Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • पार्टीमा सल्लाह गर्ने भन्दै बालकोटबाट बाहिरिए जसपा नेता राई

    पार्टीमा सल्लाह गर्ने भन्दै बालकोटबाट बाहिरिए जसपा नेता राई

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 774
    SHARES

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक राई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जारी बैठकबाट बाहिरिएका छन् ।

    सत्ता समीकरणका विषयमा पार्टीभित्र छलफल गर्ने भन्दै राई बैठकबाट बाहिरिएका हुन् ।



    बैठकबाट बाहिरिने क्रममा उनले नयाँ गठबन्धन बन्न सक्ने संकेत मिलेको बताए । एमाले र नेकपा (माओवादी केन्द्र)सहितको सरकार पनि बन्न सक्ने उनको भनाइ छ ।



    जसपाको बैठक आइतबार दिउँसो नै बस्दैछ ।

    बालकोट बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार