Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’का लागि सम्झौता

    नबिल बैंक र दराजबीच ‘दराज दशैं धमाका’का लागि सम्झौता

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 945
    SHARES

    काठमाडौं । नबिल बैंक र दराज बीच “दराज दशैं धमाका“ महोत्सवका लागि सम्झौता भएको छ ।

    नबिलले नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैंलाई ध्यानमा राखी यही आउँदो भाद्र २९ गतेबाट दराजबाट किनमेल गर्दा नबिल कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको छ ।



    दराज दशैं धमाकाको अवधिमा अनलाइन सामान खरिद गर्दा नबिलको डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५% वा रु २,००० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २०% वा रु २,५०० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।



    उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार