Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • उपनिर्वाचनमा निर्धक्क भएर भोट हाल्न आयोगको अपिल

    उपनिर्वाचनमा निर्धक्क भएर भोट हाल्न आयोगको अपिल

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 75
    SHARES

    फाइल फोटो

    काठमाडौं । शनिबार इलाम– २ र बझाङ १ ‘क’ मा हुने उपनिर्वाचनको तयारी पूरा भएको छ ।

    उपनिर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए। भोलि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।



    आयोगले निर्धक्क भएर मतदानमा भाग लिन अपिल पनि गरेको छ ।



    निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पाण्डेयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    त्यस्तै, मतदानका दिन सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार