Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • यातायातका कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको प्रश्न – नक्कली लाइसेन्स वितरणको कुरा के हो ?

    यातायातका कर्मचारीलाई प्रधानमन्त्री प्रचण्डको प्रश्न – नक्कली लाइसेन्स वितरणको कुरा के हो ?

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 279
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवस्था विभागका अधिकारीलाई नक्कली सवारी चालक अनुमतिपत्रबारे चासो राखेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार विभागका अधिकारीहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले सो विषयमा जानकारी मागेका हुन् ।



    कर्मचारीहरूलाई प्रधानमन्त्री प्रचण्डले सोधे,’नक्कली लाइसेन्स वितरणको कुरा सुनेको छु। यसलाई ग‍म्भीरतापूर्वक पनि लिएको छु। यो के हो, यथाशिघ्र हल गर्नुस् ।’



    प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न पनि निर्देशन दिए।

    छलफलमा उनले लाइसेन्सको डिजिटल प्रणालीलाई व्यवस्थित गर्न समेत निर्देशन दिए।

    छलफलमा मुख्यसचिव बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाललगायतका अधिकारीको उपस्थिति थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार