Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

    नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

    अनलाइन नेपाल
  • सोमबार, २४ बैशाख २०८१
  • 453
    SHARES

    काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ ।

    काठमाडौं आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको बताएकी हुन् ।



    निर्देशक पोखरेलले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताईन् । उनले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी गराईन् ।



    कम्पनीले आजै भुक्तानी सेवा प्रदायक आईएमई पेसँग सहकार्य गर्ने घोषणा गरेको छ । इन्ड्राइभले हाल यो सेवा काठमाडौँ, पोखरा, भरतपुर उपलब्ध हुने र आगामी दिनमा अन्य सहरमा पनि सेवा बिस्तार गर्दै जाने निर्देशक पोखरेलको भनाइ छ ।

    कम्पनीले राइड सेयरिङबाहेक, कुरियर, कार्गो सेवा पनि उपलब्ध गराउने निर्देशक पोखरेलले बताईन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार