Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सहकारी ठगीमा संसदीय छानबिनको मागबाट पछि नहट्ने कांग्रेसको निष्कर्ष

    सहकारी ठगीमा संसदीय छानबिनको मागबाट पछि नहट्ने कांग्रेसको निष्कर्ष

    अनलाइन नेपाल
  • बुधबार, २६ बैशाख २०८१
  • 354
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ।

    सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राख्ने बैठकले निष्कर्ष निकालेको हो ।



    कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको उपसभापति धनराज गुरूङले बताए ।



    उपसभापति गुरुङले भने,‘संसद अधिवेशन सरकार चलाउने गरी आउँछ कि आउँदैन । त्यो सरकारको हातमा छ । लाखौं लाख जनता ठगिएको प्रकरण हो । २र४ जना ठगिएको विषय होइन यो । संसदीय छानबिन समिति गठन गर्नुपर्छ भन्नेमा हाम्रो अडान यथावत् छ ।’

    सरकारले २८ वैशाखदेखि संसदको बजेट अधिवेशन बोलाएको छ । अघिल्लो संसद बैठकमा पनि कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको थियो ।

    बैठकमा संसदको आगामी अधिवेशन र गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वास मतबारे छलफल भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार