Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • वामदेव गौतमको पार्टी सदस्यता एमालेमै छ, एमालेमा जान्छु भन्नु ठिक : ओली

    वामदेव गौतमको पार्टी सदस्यता एमालेमै छ, एमालेमा जान्छु भन्नु ठिक : ओली

    अनलाइन नेपाल
  • बुधबार, २४ जेष्ठ २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामदेव गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताएका छन् । बुधवार दिउँसो सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले सोधेको प्रश्नमा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

    उनले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए ।



    उनले भने,’उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनुभयो । एकता अभियान चलाउनुभयो । त्यो अभियानमात्रै हो । पार्टी खोलेको होइन । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’



    अध्यक्ष ओलीले एमालेमा जान्छु भन्ने गौतमको भनाइ ठिक भएको पनि बताए । आजै गौतमले सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरूसहित एमालेमै फर्कन आफू तयार रहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार