Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • प्रतिनिधिसभा असभ्य रुपमा सञ्चालन हुन थालेको वामदेव गौतमको आरोप

    प्रतिनिधिसभा असभ्य रुपमा सञ्चालन हुन थालेको वामदेव गौतमको आरोप

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 453
    SHARES

    काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले प्रतिनिधिसभा असभ्य र सँस्कृतिहीन भएको आरोप लगाएका छन् ।

    पछिल्लो समय प्रतिनिधिसभामा देखिएका गतिविधि गलत भएको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



    शुक्रबार राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समिति बैठकमा बोल्दै गौतमले नेपालको संसद पहिलादेखि विवादित तवरले चल्ने गरेको भएपनि पछिल्लो समय इतिहासमा कहिल्यै नभएका संस्कृतिहीन गतिविधि भइरहेको बताए।



    गौतमले भने, ‘एक जनाले मात्रै बोल्नुपर्ने ठाउँमा २७५ जना नै उठेर बोल्ने गरेका छन् । कहिले ५० जना, कहिले १०० जना र एकातिर एउटा अर्कोतर्फ अर्को सांसद उफ्रिएको छ । संसद असभ्य र संस्कृतिहीन भएको छ ।’

    उनले पछिल्लो समय राष्ट्रिसभा पनि प्रतिनिधिसभाकै बाटोमा लागेको समेत टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार