Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वामदेव गौतम भन्छन् – एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जाँदैन

    वामदेव गौतम भन्छन् – एमाले र एकीकृत समाजवादीमा जान सक्छु, माओवादीमा जाँदैन

    अनलाइन नेपाल
  • बुधबार, २० भाद्र २०८०
  • 774
    SHARES

    काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले आफू नेकपा (माओवादी केन्द्र) मा जान नसक्ने बताएका छन् ।

    नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीमा जानसक्ने बताएका छन् । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीमा जानसक्ने तर नेकपा माओवादी केन्द्रमा जान नसक्ने बताए ।



    त्यस्तै उनले जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घरघरमा पुगेर माफी माग्न नगएसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे ।

    राजनीतिक व्यक्तिको हत्या गर्नु माक्र्सवाद नभइ गल्ती भएको उनको जिकिर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार