Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि, चिट चोरे ४ वर्षसम्म परीक्षामा निषेध !

    कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि, चिट चोरे ४ वर्षसम्म परीक्षामा निषेध !

    अनलाइन नेपाल
  • बुधबार, २ फाल्गुन २०८०
  • 726
    SHARES

    काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो ।

    परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ ।



    परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ ।



    परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार