Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन

    मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिन हतार नगर्न ओलीको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, २३ बैशाख २०८१
  • 582
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन् ।

    सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक सुरेन्द्र पालले एमाले अध्यक्ष ओलीसँग २ घण्टा बढी संवाद गरेपछि उनले यस्तो निर्देशन दिएका हुन् ।



    मुख्यमन्त्रीलाई विश्वासको मत दिने सन्दर्भमा हतार नगर्न ओलीले उनीहरुलाई भनेका थिए ।



    रावलले बझाङ उपनिर्वाचनबाट निर्वाचित दमनबहादुर भण्डारीले बुवाको किरियाकर्म सकेर शपथ ग्रहण गरेपछि विश्वासका सम्बन्धमा निर्णय लिइने छलफल भएको सुदूरपश्चिम एमाले स्रोतले बतायो ।

    ६ वैशाख एमालेसहित गठबन्धनमा आवद्व दलको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले २१ वैशाखमै विश्वासको मत लिने तयारी गरेका थिए ।

    तर, एमालेले विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक अनिश्चितकाललाई स्थगित गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार