Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • धोती लाउँदा पनि सरकारले षड्यन्त्र देख्छ : सीके राउत

    धोती लाउँदा पनि सरकारले षड्यन्त्र देख्छ : सीके राउत

    अनलाइन नेपाल
  • बिहिबार, १० फाल्गुन २०८०
  • 543
    SHARES

    काठमाडौं। जनमत पार्टीका अध्यक्ष सीके राउतले वर्तमान शासन व्यवस्था ल्याउनेहरु नै अहिले डराउन थालेको बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष राउतले यस्तो बताएका हुन् । अध्यक्ष राउतले कोतपर्व, भण्डारखाल पर्वजस्ता हिंसात्मक घटनाबाट प्रधानमन्त्री बनेका जंगबहादुर राणा आफैं सेतो बाघसँग डराएको भन्दै प्रमुख राजनीतिक दलहरु पनि आफैंले ल्याएको शासन व्यवस्थासँग डराएको टिप्पणी गरे।



    अध्यक्ष राउतले भने,‘जंगबहादुर राणाले रगतको आहलमा खेलेर आफ्नो राज्यव्यवस्था ल्याएका थिए । अन्तिममा आफैं सेतो बाघबाट त्रसित हुनुपरेको थियो । त्यस्तै नै अहिलेको शासन व्यवस्था ल्याउनेहरु नै त्रसित भएको अवस्था, सेतो बाघ नै देख्ने अवस्था सिर्जित भएको देख्छु ।’



    कोरिया जान पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको आन्दोलनमा समेत शासकहरुले व्यवस्था ढाल्ने षड्यन्त्र देखेको अध्यक्ष राउतले टिप्पणी गरे । अध्यक्ष राउतले सरकारलाई जनतामा निराशा रहेको बुझ्न आग्रह गरे ।

    राजनीतिक पार्टीको बैठक होस कि गठबन्धनको बैठक होस् सरकारमा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी विरोधीहरुलाई समाप्त पार्ने, कसरी प्रतिस्पर्धीहरुलाई समाप्त पर्ने भन्ने विषयहरुमा छलफल हुने गरेको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार