Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कांग्रेस र एमाले मिलेर सरकार चलाऊन्, हामी प्रतिपक्षको भूमिका निर्वाह गरौंला : सीके राउत

    कांग्रेस र एमाले मिलेर सरकार चलाऊन्, हामी प्रतिपक्षको भूमिका निर्वाह गरौंला : सीके राउत

    अनलाइन नेपाल
  • बिहिबार, २४ फाल्गुन २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले देशका दुई ठूला दल कांग्रेस र एमाले मिरेलर सरकार चलाउन सुझाव दिएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले यस्तो सुझाव दिएका हुन् ।

    उनले ससाना दलहरू मिलाएर सकीनसकी बहुमत पुर्‍याउनु अनि दिनरात सरकार कतिखेर ढल्ने हुन् त्रासमा रहनु उचित नभएको बताए ।



    ‘देशका दुई ठूला दलहरूले नै बरू मिलेर चलाऊन् – तुलनात्मक स्थायित्त्व रहन्छ। हामीहरू प्रतिपक्षमा बसेर आफ्नो भूमिका निर्वाह गरौंला,’ उनले लेखेका छन्, ‘स-साना दलहरू मिलाएर सकी(नसकी बहुमत पुर्‍याउनु अनि दिनरात सरकार कतिखेर ढल्ने हुन् त्रासमा रहनु उचित होइन।’



    यस्तै उनले जनआक्रोश र वितृष्णा रोक्न तथा देशको अर्थतन्त्र सुधार गर्न राजनैतिक स्थायित्वको आवश्यकता रहेको बताएका छन् । सरकार बनाउने र भत्काउने खेलले जनतामा नराम्रो सन्देश गएको भन्दै यसले देशकै अर्थतन्त्र सुधार्न केन्द्रित हुनसमेत नसकिएको उनले बताएका छन् ।

    ‘एक वर्षदेखि गठबन्धनमा निरन्तर सरकार बनाउने र भत्काउने नै काम हुँदै आएको छ । अरू केही कामको चर्चा समेत हुँदैन,’  उनले लेखेका छन्, ‘छिनछिनमा गठबन्धन फेरिँदा सबै प्रदेश सरकारहरू पनि गर्ल्याम्म-गुर्लुम्म ढल्छन्। यस्तो अवस्थामा न त जनतामा राम्रो सन्देश गएको छ, न त देशकै अर्थतन्त्र सुधार्न केन्द्रित हुन सकिएको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार