Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • परिवर्तनशिल युवा क्लबले जित्यो वडास्तरिय भलिबल प्रतियोगिताको उपाधि

    परिवर्तनशिल युवा क्लबले जित्यो वडास्तरिय भलिबल प्रतियोगिताको उपाधि

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 1.4K
    SHARES

    अछाम । चौरपाटी गाउँपालिकामा आयोजित वडास्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । परिवर्तनशिल युवा क्लबको आयोजनामा यही पुस ९ गतेबाट सुरु भएको प्रतियोगिताको उपाधि आयोजकले नै जितेको हो ।

    उपाधि हात पारेसँगै आयोजकले नगद ५० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । यसैगरी उपविजेता पायल भएको छ भने तेस्रो सोकट र सान्त्वना होटेल भ्यू भएका छन् । उनीहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद रुपैयाँ पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।



    प्रतियोगितामा ६ वटा टिमको सहभागिता रहेको थियो । विजयी खेलाडीलाई चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँद लगायतले पुरस्कार वितरण गरेका थिए । सो प्रतियोगिता गाउँपालिकाको खेल मैदानमा भएको थियो । खेल क्षेत्रको विकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।



    साथै प्रतियोगितामा हास्यकलाकार जनक साउद (अछामी माग्ने बुढा) ले पनि आफ्नो प्रस्तुति देखाएका थिए भने पुतला खेल पनि खेलिएको थियो । स्थानीय कला संस्कृतिको जर्गेनाका लागि सो क्लवले सांस्कृतिक कार्यक्रम पनि राखेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार