Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : सेमिफाइनल पुग्ने चार टिमको टुंगो

    मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : सेमिफाइनल पुग्ने चार टिमको टुंगो

    अनलाइन नेपाल
  • बिहिबार, १० चैत्र २०७८
  • 1.7K
    SHARES

    कैलाली । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को सेमिफाइनल समिकरण पूरा भएको छ। बिहीबार क्वाटरफाइनलका दुई खेल भएसंगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । विभागिय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच बिहीबार भएको क्वाटरफाइनलको खेलमा एपीएफ विजयी भएको छ।

    सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। एपीएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो ।



    बिहीबार नै भएको अन्तिम क्वाटरफाइनलको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो । शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछन्।



    फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ तथा नेपाल पुलिस क्लब र गण्डकीबीच खेल हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ।

    १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार