Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • धनगढीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

    धनगढीमा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

    अनलाइन नेपाल
  • शुक्रबार, ११ चैत्र २०७८
  • 1.1K
    SHARES

    धनगढी । धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधि लागि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । शुक्रबार बिहान भएका सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुबै टोली फाइनलमा प्रवेश गरेका हुन् ।

    पहिलो सेमिफाइनलमा अर्को विभागिय टोली एपीएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो। २५–२१ र २५–१६ ले पहिलो र दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो। चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो। खेलका म्यान अफ द म्याच आर्मीका मानबहादुर श्रेष्ठ भए।



    शुक्रबार बिहान नै भएको दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ। २५–१६ र २५–१९ से पहिलो र दोस्रो सेट जितेको पुलिस क्लबले २२–२५ र २३–२५ ले तेस्रो र चौथो सेटले गुमाएको थियो। पाँचौ सेट १५–१२ ले जित्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो। खेलका म्यान अफ द म्याच पुलिस क्लबका रविन चन्द भए।



    फाइनल खेल शनिबार बिहान ९ बजे हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ। प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार