Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • वर्षाले धनगढी जलमग्न, सडकमै बग्छन् खोला

    वर्षाले धनगढी जलमग्न, सडकमै बग्छन् खोला

    अनलाइन नेपाल
  • सोमबार, ८ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी जलमग्न भएको छ । गएराति देखिको लगातारको वर्षाका कारण धनगढीका अधिकांश क्षेत्र डुबानमा परेका हुन् ।

    धनगढीको मुख्य बजार क्षेत्र एलएन चोक, बिशालनगरलगायतका अधिकांश क्षेत्र जलमग्न भएका छन् । डुबानमा कारण आउजाउ गर्न र व्यापार व्यवसाय सन्चालन गर्न कठिन भएको छ ।



    पानीको उचित निकास नहुँदा धनगढीमा सामान्य वर्षा हुँदा पनि डुबान हुने गर्दछ । यस पटक पनि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले डुवानको समस्या हटाउन प्रयास गरे पनि सफल हुन सकेन ।



    धनगढी लगायतका स्थानमा आज बिहानैदेखि पानी परिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार