Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • कैलालीको सीमावर्ती क्षेत्रबाट २९ किलो विस्फोटक पदार्थसहित भारतीय पक्राउ

    कैलालीको सीमावर्ती क्षेत्रबाट २९ किलो विस्फोटक पदार्थसहित भारतीय पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, २२ असार २०८०
  • 858
    SHARES

    धनगढी । ठूलो मात्रामा विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

    सशस्त्र प्रहरी सीमा सुरक्षा बलको टोलीले कैलालीको सीमावर्ती कैलारी गाउँपालिका-३, खोम्पुर घाटबाट २९ किलो ५० ग्राम विस्फोटक पदार्थ बारुद बरामद गरेको हो।



    भारतको लखिमपुर चन्दनचौकीका ४२ वर्षीय शिवा गुप्ता साइकलमा उक्त विष्फोटक पदार्थ ल्याइरहेको अवस्थामा बरामद गरिएको थियो ।



    सीमा सुरक्षा गुल्म खोम्पुरबाट खटिएको टोलीले उक्त विष्फोटक पदार्थसहित गुप्तालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल ३४ नम्बर गणले जनाएको छ ।

    पक्राउ परेका गुप्तालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाइएको छ।

    गुप्ताले उक्त विष्फोटक पदार्थ कुन प्रयोजनका लागि ल्याएका हुन भन्ने खुलेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार