Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • धनगढीमा पाँच तले घरबाट हाम्फालेर व्यवसायीले गरे आत्महत्या

    धनगढीमा पाँच तले घरबाट हाम्फालेर व्यवसायीले गरे आत्महत्या

    अनलाइन नेपाल
  • बुधबार, १० माघ २०८०
  • 966
    SHARES

    फाइल तस्विर

    धनगढी । धनगढीमा एक व्यवसायीले आफ्नै घरको पाँचौं तलामाथिबाट हाम्फालेर आत्महत्या गरेका छन्।

    नयाँ बसपार्कस्थित सन्दीप स्टोरका सञ्चालक सन्तोष अग्रवालले आफ्नै घरको तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।



    बुधबार बिहान करिब साढे ११ बजेतिर उनले हाम्फालेका हुन्। घरायसी विषयमा विवाद भएपछि हाम्फालेको बुझिएको छ।



    आफ्नै घरको छतबाट हाम्फालेका अग्रवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार