Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • उपनिर्वाचन : इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान जारी

    उपनिर्वाचन : इलाम–२ मा शान्तिपूर्ण रूपमा मतदान जारी

    अनलाइन नेपाल
  • शनिबार, १५ बैशाख २०८१
  • 432
    SHARES

    इलाम । इलाम क्षेत्र –२ मा शान्तिपूर्ण रूपमा मतदान सुरु भएको छ ।

    मुख्य निर्वाचन कार्यालयका अनुसार १४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको हो ।



    शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन गरिएको बताइएको छ ।



    यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

    निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार