Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • वेष्टइण्डिजविरुद्ध खेल्ने नेपाली टोलीमा चार खेलाडी थपिए

    वेष्टइण्डिजविरुद्ध खेल्ने नेपाली टोलीमा चार खेलाडी थपिए

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 549
    SHARES

    काठमाडौं । वेष्टइण्डिज ‘ए’विरुद्ध पाँच म्याचको टी–२० सिरिज खेल्ने नेपाली टोलीमा चार सदस्य थपिएका छन् ।

    नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काका अनुसार विनोद भण्डारी, सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बमलाई टिममा थप गरिएको हो ।



    आयरल्याण्ड ‘ए’विरुद्ध भएको सिरिजका क्रममा तीव्र गतिका बलर कमल र ब्याटर लोकेश बमले उत्कृष्ट प्रदर्शन गरेका थिए ।



    विनोद भण्डारी नेपाल ‘ए’का कप्तान हुन् भने सागर पनि नेपाल ‘ए’का सदस्य हुन् ।

    उनीहरू थपिएपछि वेष्ट इण्डिज ‘ए’विरुद्ध सिरिज खेल्ने नेपाली टोलीमा २० क्रिकेटर भएका छन् ।

    क्रिकेट संघले बिहीबार १६ सदस्यीय टोली सार्वजनिक गरेको थियो ।

    जसमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई थपिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार