Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • भारतमा लोकसभा निर्वाचन सुरु

    भारतमा लोकसभा निर्वाचन सुरु

    अनलाइन नेपाल
  • शुक्रबार, ७ बैशाख २०८१
  • 195
    SHARES

    एजेन्सी । भारतमा लोकसभाको निर्वाचनको पहिलो चरणको मतदान सुरु भएको छ ।

    शुक्रबार बिहान ६ बजेदेखि देशका २१ राज्य र केन्द्र प्रशासित प्रदेशमा १०२ सिटका लागि मतदान सुरु भएको हो। मतदान साँझ ६ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ ।



    पहिलो चरणमा अरुणाचल प्रदेश (६० सिट) र सिक्किम (३२ सिट)मा पनि विधानसभा चुनाव हुँदै छ । कुल संसदीय क्षेत्रको १९ प्रतिशत सिटमा मतदान भइरहेको छ ।



    शुक्रबार सुरु भएको निर्वाचन ४४ दिनसम्म अर्थात् जुन १ सम्म चल्नेछ । चार जुनमा नतिजा घोषणा हुनेछ । दक्षिण भारतीय अभिनेता रजनीकान्तले तमिलनाडुको चेन्नईमा रहेको मतदान केन्द्रमा मतदान गरेका छन् ।

    लोकसभा चुनावको लागि जारी मतदान बीचमा पश्चिम बंगालको चन्दमारी, कुचबिहारमा मतदान केन्द्रको अगाडि ढुङ्गा हानाहान भएको छ । चन्दमारीमा मतदाताहरूलाई रोक्न टीएमसी कार्यकर्ताहरूले ढुङ्गा हानेको आरोप बीजेपीले आरोप लगाएको छ ।

    यस घटनामा भाजपाका पोलिंग एजेन्ट घाइते भएका छन् । यस चरणका प्रमुख उम्मेद्वारहरूमा केन्द्रीय मन्त्रीहरू नितिन गडकरी, सर्वानन्द सोनोवाल र भूपेन्द्र यादव, कांग्रेसका गौरव गोगोई, र डीएमकेका कनिमोझी छन् ।

    १ लाख ८७ हजार मतदान केन्द्रमा निर्वाचन आयोगले १८ लाखभन्दा बढी मतदान कर्मचारी परिचालन गरेको छ । यी मतदान केन्द्रहरूमा १६ करोड ६३ लाखभन्दा बढी मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् ।

    मतदातामध्ये ८ करोड ४० लाख जना पुरुष, ८ करोड २३ लाख जना महिला र ११ हजार ३७१ जना तेस्रो लिङ्गी छन् । ३५ लाख ६७ हजार मानिस पहिलो पटक मतदान दिँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार