Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भारतको लोकसभा चुनावको मिति घोषणा

    भारतको लोकसभा चुनावको मिति घोषणा

    अनलाइन नेपाल
  • शनिबार, ३ चैत्र २०८०
  • 450
    SHARES

    एजेन्सी । भारतको निर्वाचन आयोगले लोकसभा चुनाव २०२४ को मिति घोषणा गरेको छ।

    लोकसभा चुनाव सात चरणमा हुन लागेको हो। यो निर्वाचन प्रक्रिया मार्च २० तारिखबाट सुरु हुँदैछ र मतगणना जुन ४ मा हुनेछ ।



    मार्च २० मा पहिलो सूचना जारी हुनेछ। पहिलो चरणमा अप्रिल १९ मा मतदान हुँदैछ । दोस्रो चरणअन्तर्गत मार्च २८ गते अधिसूचना जारी हुनेछ ।



    भोटिङ अप्रिल २६ मा हुनेछ। तेस्रो चरणमा ७ मे, चौथो चरणमा १३ मे र पाँचौँ चरणमा २० मेमा मतदान हुनेछ । छैटौँ चरणमा मे २५ मा मतदान हुँदैछ।

    जुन १ मा सातौँ चरणमा मतदान हुँदैछ । तीन चरणमा २६ विधानसभा सीटहरूमा उपचुनाव हुनेछ। यो निर्वाचन पनि आम निर्वाचनसँगै हुनेछ ।

    लोकसभा चुनावमा ९७ करोड दर्ता मतदाता छन्। १०।५ लाख मतदान केन्द्र छन् । १.५ करोड चुनावी कर्मचारी रहनेछन् ।

    निर्वाचनमा ५५ लाख ईभीएम मेसिन प्रयोग गरिने भएको छ । महिला मतदाताको संख्या ४७ करोड नजिक छ । २०२४ को चुनावमा करिब १ करोड ८२ लाख नयाँ मतदाताले भोट हाल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार