Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मुख्यमन्त्री केजरीवाललाई अनुसन्धानका लागि चार दिन म्याद थप

    मुख्यमन्त्री केजरीवाललाई अनुसन्धानका लागि चार दिन म्याद थप

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 384
    SHARES

    एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थप चार दिनको म्याद थप भएको छ ।

    राउज एभेन्यु अदालतका विशेष न्यायाधीश कावेरी बावेजाले थप अनुसन्धानका लागि अप्रिल १ सम्मका लागि म्याद थप गरेका हुन् ।



    प्रवर्तन निर्देशनालय (इडी) ले अन्तःशुल्क नीतिसँग सम्बन्धित भ्रष्टाचारको आरोपमा मुख्यमन्त्री केजरीवाललाई बिहीबार साँझ पक्राउ गरेको थियो ।



    मुख्यमन्त्री केजरीवाललाई दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा मार्च २१ को राती हिरासतमा लिइएको थियो । भोलिपल्ट उनलाई अदालतमा पेश गरियो र अदालतले उनलाई मार्च २८ सम्म ईडी हिरासतमा पठाएको थियो ।

    २१ मार्चको राति सीएम केजरीवाललाई ईडीले नयाँ दिल्लीस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार