Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • केजरीवाल पक्राउ प्रकरणप्रति अमेरिकाले बिरोध जनायो, भारतद्वारा कडा आपत्ति

    केजरीवाल पक्राउ प्रकरणप्रति अमेरिकाले बिरोध जनायो, भारतद्वारा कडा आपत्ति

    अनलाइन नेपाल
  • बुधबार, १४ चैत्र २०८०
  • 561
    SHARES

    फाइल तस्विर

    एजेन्सी। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीमा अमेरिकाले दिएको टिप्पणीलाई लिएर भारतले कडा आपत्ति जनाएको छ । भारतीय विदेश मन्त्रालयले बुधबार भारतस्थित अमेरिकी कार्यवाहक उपप्रमुख ग्लोरिया बारबेनालाई बोलाएको छ ।

    भारतीय विदेश मन्त्रालयका अधिकारी र अमेरिकी कूटनीतिज्ञबीच करिब ४० मिनेट वार्ता भएको थियो ।



    भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘भारतमा केही कानुनी कारबाहीका सम्बन्धमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताको टिप्पणीप्रति हामी कडा आपत्ति जनाउँछौँ । कूटनीतिमा कुनै पनि देशले अन्य देशको सार्वभौमसत्ता र आन्तरिक मामिलाको सम्मान गर्ने अपेक्षा गरिन्छ। यदि यो विषय सहयोगी लोकतान्त्रिक देशहरूसँग सम्बन्धित छ भने, यो जिम्मेवारी अझ बढ्छ। यदि त्यसो भएन भने, गलत उदाहरणहरू सेट गरिन्छ।भारतको कानुनी प्रक्रियाहरू स्वतन्त्र न्यायपालिकामा आधारित छन् जुन वस्तुनिष्ठ र समयसापेक्ष निर्णयहरू गर्न प्रतिबद्ध छ। भारतीय न्यायपालिकामाथि आक्षेप लगाउनु अनुपयुक्त हो।’



    अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले एक दिनअघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको रिपोर्ट आएको भन्दै भारतीय विदेश मन्त्रालयले अमेरिकी कूटनीतिज्ञलाई बोलाएको हो।

    अमेरिकाले केजरीवाल मुद्दामा निष्पक्ष, पारदर्शी र समयसापेक्ष कानुनी प्रक्रियाको अपेक्षा गरेको पनि बताएको थियो तर केजरीवालको गिरफ्तारीबारे टिप्पणी गर्ने अमेरिका पहिलो देश होइन।

    यसअघि जर्मन विदेश मन्त्रालयले पनि केजरीवालको गिरफ्तारीबारे टिप्पणी गरेको थियो। अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर जर्मनीको विदेश मन्त्रालयले गरेको टिप्पणीप्रति भारतले कडा आपत्ति जनाएको थियो।

    जर्मन राजदूत जर्ज एन्ज्वेलरलाई बोलाएर भारतीय विदेश मन्त्रालयले यस्तो टिप्पणीलाई हाम्रो न्यायिक प्रक्रियामा हस्तक्षेप र स्वतन्त्रतालाई खलल पार्ने ठानेको बताएको थियो।

    दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई करिब दुई घण्टाको सोधपुछपछि इडीले मार्च २१ मा उनको सरकारी निवासबाट पक्राउ गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार