Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • कम्बोडियाको निर्वाचनमा ठूलो जित हासिल गरेको सत्तारुढ दलको दाबी

    कम्बोडियाको निर्वाचनमा ठूलो जित हासिल गरेको सत्तारुढ दलको दाबी

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 513
    SHARES

    एजेन्सी । कम्बोडियाका प्रधानमन्त्री हुन सेनको कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) ले राष्ट्रिय चुनावमा ठूलो जित हासिल गरेको दाबी गरेको छ । तर यसपटकको निर्वाचनलाई आलोचकहरुले दशककै सबैभन्दा कम निष्पक्ष र स्वतन्त्र चुनावको संज्ञा दिएका छन्।

    प्रधानमन्त्री सामदेक टेचो हुन सेनको सीपीपीका प्रवक्ताले आइतबार मतदान सकिएपछि नै निर्वाचनमा भारी जित हासिल गरेको दाबी गरेका थिए ।



    सीपीपीका प्रवक्ता सोक आइसानले आइतबार साँझ परिणामको पुष्टि गर्दै भनेका थिए, ‘सीपीपीले आम निर्वाचनमा भारी जित हासिल गरेको छ। मतदानको आधिकारिक परिणाम घोषणा हुन भने बाँकी छ। यो सीपीपीको लागि अर्को ठूलो सफलता हो।’



    राष्ट्रिय सभाका लागि १२५ जना सांसद निर्वाचित गर्न प्रत्येक ५ वर्षमा एक पटक हुने निर्वाचनमा यसपटक १८ राजनीतिक दलले प्रतिस्पर्धा गरेका त्यहाँको सरकारको दाबी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार